Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • भुपेन्द्र बडुवाल हत्या प्रकरण : ३ जना धरौटीमा रिहा, ९ जना पुर्पक्षको लागि थुनामा

    भुपेन्द्र बडुवाल हत्या प्रकरण : ३ जना धरौटीमा रिहा, ९ जना पुर्पक्षको लागि थुनामा

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 2.5K
    SHARES

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनामध्ये ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् । त्यस्तै ३ जना धरौटीमा रिहा भएका छन् ।

    बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेका मध्ये लम्की चुहा नगरपालिका–३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्की चुहा–१ का कपिल श्रेष्ठ, निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने रोहित आले र टीकपुरकै सोहन शाहलाई कारागार पठाइएको छ।



    त्यस्तै लम्की चुहा नगरपालिका–५ का विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने सविनजंग शाही भने धरौटी बुझाएर रिहा भएका छन्। अदालतले खड्कासँग ७५ हजार तथा कुँवर र शाहीसँग समान १ लाख ५० धरौटी तोकेको थियो।



    अझै ९ जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। बडुवालको गत कात्तिक २७ गते टीकापुरमा हत्या भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार