Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • पौक्षल समूहको उपस्थिति बिनै कांग्रेसको बन्दसत्र समापन

    पौक्षल समूहको उपस्थिति बिनै कांग्रेसको बन्दसत्र समापन

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 924
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अनुपस्थित भएको छ। शुक्रबार राति शुरु भएको बन्दसत्र शुक्रबार नै समापन भएको छ।

    १४ औं महाधिवेशन अन्तर्गत राति पौने ९ बजे बन्दसत्र सुरु भएको थियो। बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा तयार गरिएको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पास भएका छन्। प्रतिवेदन पास भएसँगै सभापति शेरबहादुर देउवाले बन्दसत्र समापन गरेका थिए।



    बन्दसत्र अवधिभर संस्थापन इतरका नेताहरुको कुर्सी भने खाली नै रहे। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि भन्दै वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेपछि बन्दसत्रमा उनी पक्षका नेताहरुको उपस्थिति नभएको हो। नेता कृष्णप्रसाद सिटौला पक्ष पनि छलफलमा रहे पछि उनी बन्दसत्रमा उपस्थित भएनन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार