Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कांग्रेस महाधिवेशन: महामन्त्रीमा उम्मेदवारी दिने मन्त्री कार्कीको घोषणा

    कांग्रेस महाधिवेशन: महामन्त्रीमा उम्मेदवारी दिने मन्त्री कार्कीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन्।

    नेता कार्कीले पार्टीको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आगामी दिनमा पार्टीलाई अझ सशक्त र सबैले लोकप्रिय महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताए ।



    प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिएका नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा अफूले नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गरे । मन्त्री कार्कीले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पुर्याउने उद्घोष समेत गरे ।



    यस्तै, कुराकानीका क्रममा मन्त्री कार्कीले पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको अवगत गराउँदै पार्टीका नीति र विचारलाई जनतामाझ लैजान प्रतिबद्धता व्यक्त गरे ।

    अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका उनले अहिलेको मूल चुनौती आर्थिक उन्नति हासिल गर्नुरहेको भन्दै देशमा गरिबी र बेरोजगारी उम्मूलन गरेर त्यसै अभियानअन्तर्गत १० वर्षभित्र मुलुकलाई एशियाको सम्पन्न मुलुकको दाजोमा पुर्याउने योजनाका साथ पार्टी नेतृत्व अघि बढ्ने दाबी गरे।

    मन्त्री कार्कीले पार्टीमा लामो समय आफूले गरेको योगदान र अनुभवका कारण देशभरका नेता कार्यकर्ताले स्वभाविक रुपमा आफूलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरेको अवगत गराए ।

    महाधिवेशन आजदेखि राजधानी काठमाडौँमा शुरु हुदैँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार