Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • मोदीद्वारा विपिन रावतसहित १३ जनालाई श्रदान्जली अर्पण 

    मोदीद्वारा विपिन रावतसहित १३ जनालाई श्रदान्जली अर्पण 

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.9K
    SHARES

    एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पालम विमानस्थलमा जनरल विपिन रावत र अन्य सेनाका जवानहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    जनरल विपिन रावत र उनकी श्रीमती सहित १३ जना सैनिकको पार्थिव शरीर बिहीबार साँझ दिल्ली ल्याइएको थियो ।



    उनको शवलाई तीनै सेनाका अधिकारी र जवानहरूले विमानबाट ल्याएका थिए। प्रधानमन्त्री मोदीसँगै रक्षामन्त्री राजनाथ सिंह, एनएसए अजित डोभाल र सेनाका तीन विंगका प्रमुखहरूले पनि जनरल विपिन रावतलगायत सबै सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।



    एयरपोर्टमा सैनिकका परिवारहरू उपस्थित थिए। बुधवार, तमिलनाडुमा हेलिकप्टर दुर्घटनामा  चीफ अफ डिफेन्स स्टाफ रावतसहित सेनाका १३ जनाको मृत्यु भएको थियो।

    रावत र उनकी पत्नीको पार्थिव शरीरलाई दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट दिल्लीको के कामराज मार्गमा रहेको सरकारी निवासमा लगिनेछ भने जनरल विपिन रावत र उनकी पत्नी मधुलिका रावतको पार्थिव शरीर शुक्रबार बिहान ११ बजे उनको सरकारी निवासमा राखिनेछ । ३ कामराज मार्गमा अन्तिम दर्शनका लागि राखिनेछ ।

    दिउँसो दुई बजे उनको पार्थिव शरीरलाई सेनाको तीनवटै अंगका सैनिक ब्याण्डसहित धौलकुआनको बेरार स्क्वायरमा लगिनेछ ।

    अन्तिम संस्कार अपराह्न ४ बजे धौलकुआँको बेरार स्क्वायरमा गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार