Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जो बाइडेनले पुटिनलाई किन थर्काए ?

    जो बाइडेनले पुटिनलाई किन थर्काए ?

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । युक्रेनको विषयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थर्काएका छन्। बाइडेनले यस विषयको खुलासा आफैंले गरेका छन्।

    उनले रुसले युक्रेनमाथि अनावश्यक प्रतिबन्ध लगाएको भन्दै आफूले पुटिनलाई थर्काएको जानकारी दिएका छन्। रुसले युक्रेनमाथि आक्रमाण गरेमा अमेरिकाले नसहने भन्दै चेतावनी दिएको समेत बाइडेनले बताएका छन्।



    पत्रकारहरुसँग बाइडेनले भनेका छन्, ‘यदि पुटिनको सरकारले युक्रेनमाथि हमला गरेमा परिणाम भयानक हुनेछ। यसबारे मैले पुटिनलाई स्पष्ट भनिसकेको छु।’



    युक्रेन सम्बन्धमा पुटिन र बाइडेनविच भएको भर्चुअल वार्तापछि उनले बुधबार सो अभिव्यक्ति दिएका हुन्। वार्तामा दुई नेताबीच अन्य महत्त्वपूर्ण विषयहरुमा पनि छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार