Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस राज्यको शक्ति र स्रोतको दोहोन गर्ने दोहोनकारी एजेन्सी होइन: गगन थापा

काठमाडौं । पार्टीको आसन्न १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता गगन थापाले कुनै पनि राजनीतिक संकल्प पूरा गर्न राजनीतिक रुपरेखा चाहिने बताएका छन्।

बिहीबार आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै नेता थापाले कांग्रेसको ध्यय नै प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको दाबी गरे।

यस्तै, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले कांग्रेस कुनै दोहोनकारी एजेन्सी नभएको समेत प्रस्ट पारे।

‘कांग्रेस राज्यमा गएर राज्यको शक्ति र स्रोत साधनको दोहोन गर्ने दोहोनकारी एजेन्सी होइन, 'थापाले भने, 'कुनै लाभको पद लिएर राजकीय जिम्मेवारी लिएर शक्तिको अभ्यास गर्ने कुरा होइन।'

नेता थापाले आफूले महामन्त्रीमा चुनाव जिते पनि नजिते पनि अबको १०-१५ बर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्ने समेत बताए ।

‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन । पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुङ्गिन्छ त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुङ्गियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु,' थापाले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077