Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कैदीबन्दीसँगै महिनावारी असुल्दै आएका गुन्डा नाइके गिरीलाई चौकीदारको जिम्मेवारी

    कैदीबन्दीसँगै महिनावारी असुल्दै आएका गुन्डा नाइके गिरीलाई चौकीदारको जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । डिल्लीबजार कारागारमा रहेका गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार पुर्याएर चौकीदारको जिम्मेवारी दिइएको छ।

    गिरीललाई मोरङ लाने निर्णय गर्दा नै चौतर्फी विरोध भएपनि अहिले मोरङ कारागारको चौकीदारको जिम्मेवारी दिएपछि त सरकारकै आलोचना हुन थालेको छ ।



    गिरीलाई गृहमन्त्रीको दबाबमा चौकीदारीको जिम्मेवारी दिइएको स्रोतको दावी छ । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका छन् ।



    गिरीलाई विराटनगर आउन नदिन त्यहाँका कैदी बन्दीहरूले प्रदर्शन तथा आन्दोलन गरे पनि सरकारले मंसिर ९ गते उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार पुर्याएको थियो ।

    मोरङ कारागारमा हुँदा पनि आपराधिक कृयाकलापलाई निरन्तर्ता दिएपछि गिरीलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्ली बजार कारागारमा स्थानान्तरण गरिएको थियो।

    गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीसहितको समूहलाई मोरङ पठाइएको हो। उक्त कार्यका लागि गृहमन्त्रीलाई पनि कांग्रेसका शिर्ष नेतृत्वबाट दबाब आएको खुलेको छ ।

    गिरीमाथि कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप छ।

    गिरीलाई भदौ १७ गते नै मोरङ कारागार पठाउने निर्णय भएपनि कैदीबन्दीहरुको विरोधका कारण कार्तिक १६ गते मात्रै डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो। तर, विरोध चर्किँदै गएपछि गिरीलाई सप्तरी सरुवा गरिएको थियो। सप्तरी पठाएको १७ दिनपछि कारागार व्यवस्था विभागले विराटनगर पठाएको हो।

    विराटनगर महानगरपालिका–११ घर भएका गिरी कांग्रेसका नेताहरुको संरक्षणमा गुन्डागर्दी गर्दै आइरहेका छन् । कांग्रेसकै नेतृत्वमा सरकार भएका बेला गिरीले छाडेर आएको कारागार गएर हैकम जमाउने मौका पाएका हुन् ।

    कैदीबन्दीहरुसँगै महिनावारी असुल्दै आएका गिरीले जेल भित्रै बसेर आपराधिक जालो फिँजाएको स्वयम् प्रहरीहरु नै स्वकार्छन् । तर, गृह मन्त्रालयसामु प्रहरी निरीह सावित भएको छ । गिरीले गलत गर्दै आएको जान्दा जान्दै पनि उनैलाई चौकीदार बनाएपछि मोरङ कारागारभित्र ठूलै लफडा उत्पन्न हुने संभावना बढेको स्रोत बताउँछ । कैदीबन्दीहरु अहिले यदि कारागारभित्र त्यस्तो कुनै अप्रिय घटना भएमा सरकारले त्यसको जिम्मा लिनुपर्ने बताउन थालिसकेको स्रोतको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार