Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • हेलिकप्टर दुर्घटनाबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदमा के भने ? (भिडियो)

    हेलिकप्टर दुर्घटनाबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदमा के भने ? (भिडियो)

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतका प्रथम चीफ अफ डीफेन्स स्टाफ विपिन रावतको असामयिक निधनबारे लोकसभामा जानकारी दिएका छन्।

    भारतीय संसद्‌को तल्लो सदनमा उनले भने, ‘म बडो दुख र भारी मनबाट भारतका प्रथम चीफ अफ डीफेन्स स्टाफ जनरल विपिन रावत उनकी धर्मपत्नी मधुलिका रावत र हेलिकप्टरमा सवार अन्य १२ को सन् २०२१ डिसेम्बर ८ दिन भएको दुर्घटनाको समाचार अवगत गराउन तपाईँहरू सामु खडा भएको छु।’



    ‘जनरल विपिन रावत डीफेन्स सर्भिसेज स्टाफ कलेज वेलिङ्टनका विद्यार्थीसँग अन्तरक्रिया गर्नका लागि त्यता जानुभएको थियो। एअरफोर्सको एमआई१७ भी५ हेलिकप्टरको १२ बजेर ८ मिनेटमा एअर ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविच्छेद भयो।’



    उनले भने, ‘पछि कुन्नूर नजिकैको जङ्गलमा केही स्थानीय बासिन्दाले आगो लागेको देखे। त्यहाँ उनीहरू दौडेर हेर्न पुग्दा सैनिक हेलिकप्टरको अवशेष आगोको लप्काले घेरिएको थियो। स्थानीय प्रशासनले एक समूहलाई त्यता पठायो।’

    ‘उक्त समूहले दुर्घटनामा बचेका मानिसलाई उद्धार गर्ने प्रयत्न गर्‍यो। त्यहाँबाट उनीहरूलाई वेलिङ्टनको सैन्य अस्पताल पुर्‍याइयो।’

    मृत्यु हुनेमध्ये रावतका रक्षा सल्लाहकार ब्रिगेडियर लखविन्दर सिंह, लिडर स्टाफ अफिसर लेफ्टिनेन्ट कर्नेल हरजिन्दर सिंह र वायुसेना हेलिकप्टरका चालकदल समेत सशस्त्र बलका अरू नौ जना थिए।

    सिंहले दुर्घटनामा ज्यान गुमाएका सबैको नाम पढेर सुनाएका थिए। सिंहले भने, ‘यो दुर्घटनामा मारिएका सबै जनाको पार्थिव शरीर एक विशेष विमान मार्फत दिल्ली लगिनेछ।’

    ‘ग्रुप क्याप्टेन वरुण सिंह वेलिङ्टनको अस्पतालमा लाइफ सपोर्टमा छन् र उनलाई बचाउन हरसम्भव प्रयास भइरहेको छ।’ यसअघि सिंहले बुधवार संसद्मा आधिकारिक बयान दिने बताइएको थियो। तर पछि बिहीवारलाई सारिएको थियो।

    उत्तराखण्डमा तीन दिनका लागि राजकीय शोक घोषणा गरिएको छ। रक्षामन्त्रीले रावतको अन्तिम संस्कार पूर्ण सैन्य सम्मानपूर्वक गरिने बताएका छन्। बीबीसी नेपाली

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार