Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विपिन रावतको निधनमा नेपाली सेनाद्वारा दुःख व्यक्त, अन्तिम संस्कारका लागि बलाधिकृत रथी कार्की भारत जाने

काठमाडौँ । भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपीन रावतको निधनप्रति नेपाली सेनाले दु:ख व्यक्त गरेको छ ।

बिहीबार नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै रावतको निधनप्रति दु:ख व्यक्त गरेको हो । बुधबार भएको भारतीय बायुसेवाको हेलिकप्टर दुर्घटना परी सीडीएस रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो।

रावतको निधनमा प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझै फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

‘उहाँले यस दुःखद घटनाबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति हुनुको साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको उल्लेख गर्दै भारतीय सेना तथा शोकसन्तप्त परिवारप्रति समवेदना तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ’ जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै, जंगी अड्डाका अनुसार प्रधानसेनापतिले सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई शुक्रबार रावतको अन्त्येष्टि कार्यक्रममा पठाउने भएका छन्।

मृतक रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष थिए। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७ मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन् ।

जनरल रावत सेना दिवस तथा महाशिवरात्रीको अवसरमा सन् 2018 फेब्रुअरी 13 मा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077