Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • विनाकसुर भारतीय जेलमा ४० बर्ष बिताएका दीपक जैसीलाई पाँच लाख क्षतिपूर्ति दिन आदेश

    विनाकसुर भारतीय जेलमा ४० बर्ष बिताएका दीपक जैसीलाई पाँच लाख क्षतिपूर्ति दिन आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विनाकसुर भारतीय जेलमा ४० वर्ष बिताएर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

    गत ७ डिसेम्बर मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।



    इलामको माई नगरपालिका-१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा काम खोज्दै दार्जिलिङ पुगेका बेला युवतीको हत्या आरोपमा पक्राउ परेका थिए ।



    आरोप प्रमाणित नभएपछि २०७७ चैत ७ गते दुर्गाप्रसाद  रिहा भएका थिए।

    हेर्नुहोस् अदालतको आदेश: 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार