Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • सर्जिकल स्ट्राइकका नेतृत्वकर्ता, भारतका पहिलो सिडिएस विपिन रावतबारे जान्नुहोस् यी महत्त्वपूर्ण तथ्यहरु

    सर्जिकल स्ट्राइकका नेतृत्वकर्ता, भारतका पहिलो सिडिएस विपिन रावतबारे जान्नुहोस् यी महत्त्वपूर्ण तथ्यहरु

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । सिडिएस विपिन रावत रहेनन्। तमिलनाडुको कुन्नूरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको छ।

    सो दुर्घटनामा उनकी श्रीमतीसँगै १३ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा १४ जना सवार थिए। रावतले आफ्नो जीवनको एक हिस्सा भारतीय सेनाको सेवामा बिताएका थिए।



    उनी उचाईमा लडाइँ लड्ने (हाइ माउन्टेन वारफेयर) मा एक्सपर्ट थिए। उनको जीवनबारे केही महत्त्वपूर्ण तथ्यहरु यस्ता छन्।



    विपिन रावतको जन्म १६ मार्च १९५८ मा उत्तराखण्डको पौडीमा एक गढवाली राजपूत परिवारमा भएको थियो। उनी १९७८ मा आर्मीमा भर्ती भएका थिए। उनले २०११ मा चौधरी चरण सिंह युनिभर्सिटीबाट मिलिट्री मिडिया स्टडिजमा पिएचडीको डिगैी हासिल गरेका थिए।

    चीफ आफ डिफेन्स स्टाफ (सिडीएस) विपिनलाई आर्मीमा उचाइमा लडाइँ लड्ने र काउन्टर इमर्जेन्सी अपरेशन अर्थात जवाफी कारबाहीका लागि निकै उत्कृष्ठ कमाण्डर मानिन्छ। २०१६ मा उरीमा सेनाको क्याम्पमा भएको आतंकवादी हमलापछि तत्कालिन आर्मी चिफ रावतको नेतृत्वमा २९ सेम्टेम्बर २०१६ को पाकिस्तानमा बसेका आतंकवादी शिविरलाई ध्वस्त पार्नका लागि सर्जिकल स्ट्राइक गरिएको थियो।

    विपिन रावतले यस मिशनलाई ट्रेण्ड पैरा कमाण्डरका माध्यमबाट सफल बनाएका थिए। उरीमा सेनाको क्याम्पमा र पुलवामा सीआरपीएसमाथि भएको हमलामा कयौं जवानहरु शहिद भएपछि सेनाले पलटवार गर्दै सर्जिकल स्ट्राइक गरिएको थियो। विपिन रावतले आर्मी सेवाको एक समय एलओसी, चीन सीमाना र नर्थ इस्टमा एक लामो समय गुजारेका थिए।

    रावतले पहले कश्मीर घाँटीमा नेशनल राइफल्समा ब्रिगिडेयर र पछि मेजर जनरलका रुपमा इन्फृन्ट्री डिचिजनको कमाढड सम्हालेका थिए। साउथ कमाण्डको कमाण्ड सम्हाल्दै उनले पाकिस्तानबाट पेलिएको पश्चिमी सीमामा मेकेनाइजड वारफेयरका साथै एयरफोर्स र नेवीका साथ राम्रो तालमेल मिलाएका थिए। चाइनिज सीमामा रावतले कर्नलका रुपमा इन्फेन्ट्री बटालियनको कमाण्ड पनि सम्हालिसकेका छन्।

    रावतको इन्डियन मिलिट्रि एकेडेमी (आईएमए)मा ‘सोर्ड अफ अनर’ बाट सम्मानित गरिएको थियो। उनले चीफ अफ स्टाफ कमिटीका अध्यक्षसँगै भारतीय सेनाको २७ औँ सेनाध्यक्षका रुपमा सेवा गरेका थिए।

    रावतले ०१ सेप्टेम्बर २०१६ मा आर्मीको भाइस चीफको पद सम्हालेका थिए। ३१ डिसेम्बर २०१६ मा उनलाई भारतीय सेनाको चिफको जिम्मेवारी मिलेको थियो। अशान्त क्षेत्रमा काम गरेको अनुभवलाई ध्यानमा राख्दै सरकारले उनलाई दुई वरिष्ठ अफिसरका रुपका सेना प्रमुख बनाएको थियो।

    ३० डिसेम्बर २०१९ मा विपिन रावतलाई भारतको पहिलो सिडिएसका रुपमा नियुक्त गरिएको थियो। उनले जनवरी ०१, २०२० मा सिडिएसको पदभार ग्रहण गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार