काठमाडौँ । भारतीय बायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने एक जना जीवितै रहेका छन्।
भारतीय संचार माध्यमहरुका अनुसार भारतका चिफ अफ डिफेन्स स्टाफ (CDS) विपिन रावतसहित १४ जना सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो।
दुर्घटनामा रावतकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ हेलिकप्टर चालक क्याप्टेन वरुण सिंहको जीवितै उद्धार गरिएको छ।
आजतकका अनुसार दुर्घटनामा एक मात्र बाँचेका क्याप्टे सिंहलाई वेलिंग्टनको सैन्य अस्पतालमा भर्ना गरिएको छ ।
भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।
Leave a Reply