Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • हेलिकप्टर दुर्घटना: रावतकी श्रीमतीसहित १३ जनाको मृत्यु, शवको परीक्षण डीएनएबाट हुने

    हेलिकप्टर दुर्घटना: रावतकी श्रीमतीसहित १३ जनाको मृत्यु, शवको परीक्षण डीएनएबाट हुने

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 3.7K
    SHARES

    नयाँ दिल्ली । तमिलनाडुको कुन्नूरमा भएको भारतीय सेनाको हेलिकप्टर दुर्घटना परी १३ जनाको मृत्यु भएको छ।

    भारतीय समाचार माध्यम आजतकका अनुसार १४ जना सवार उक्त हेलिकप्टर दुर्घटनामा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको हो।



    मृत्यु हुनेहरुमा रावतकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेका छन्।



    उनीहरुको शवको पहिचान डीएनबाट हुने जनाइएको छ। यद्यपि मृत्यु हुनेहरु सबैको सनाखत भइसकेको छैन।

    घटनामा रावतको अवस्था भने अझैं अज्ञात रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार