Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • यी हुन् भारतमा दुर्घटनाग्रस्त हेलिकप्टरमा परेकाहरु (नामावली), सीडीएस विपिनको अवस्था अझैं अज्ञात

    यी हुन् भारतमा दुर्घटनाग्रस्त हेलिकप्टरमा परेकाहरु (नामावली), सीडीएस विपिनको अवस्था अझैं अज्ञात

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । बुधबार मध्यान्ह भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावतसहित १४ जना चढेको हेलिकप्टरग्रस्त दुर्घटना भयो ।

    भारतीय सञ्चार माध्यमका अनुसार रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको हो।



    समाचार एजेन्सी एएनआईले दुर्घटनाग्रस्त हेलिकोप्टर ध्वस्त भएको जनाएको छ । एएनआइले १४ जना हेलिकोप्टरमा सवार भएको उल्लेख गरेको छ । तर, ९ जनाको मात्र नाम खुलाएको छ ।



    यता, भारतीय संचारमाध्यम आजतकले घटनामा ११ जनाको मृत्यु भएको जनाएको छ । मिलिट्री हस्पिटलमा पुर्याएका १४ मध्ये ११ जनालाई हस्पिटलले मृत घोषित गरेको आजतकले उल्लेख गरेको छ ।

    हेलिकप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ ।

    दुर्घनामा परेका रावत र उनकी पत्नी मधुलिकाको अवस्था अहिले पनि अज्ञात नै रहेको छ। दुर्घटनाको विषयमा केही बेरमा रक्षामन्त्री राजनाथ सिंहले सदनलाई सम्वोधन गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार