Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवा सं‌घ भक्तपुरका नेता राजन श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

भक्तपुर । राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठको हत्यामा पक्राउ परेकाहरु उनकै नजिकका साथीहरु रहेका छन्। यद्यपि प्रहरीले उनीहरुलाई सार्वजनिक भने गरेको छैन।

मंगलबार साँझ गठ्ठाघरबाट बालकोट जाने क्रममा उनीहरुले श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरुले मंगलबार साँझ श्रेष्ठमाथि निर्घात कुटपिट गरेका थिए । श्रेष्ठको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको थियो।

आर्थिक लेनदेनका कारण उनीहरुले आफ्नै साथीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077