Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको केन्द्रीय कमिटी बैठक बस्दै, थापा पक्ष पनि सहभागी हुने

काठमाडौं । राप्रपा एकता महाधिवेशनपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित पार्टी कार्यालयमा बुधबार मध्यान्ह साढे १२ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा अध्यक्ष पदमा पराजित भएका कमल थापा भने उपस्थित हुने सम्भावना कम रहेको थापा निकट नेताहरुले बताएका छन्।

थापानिकट नेताको रूपमा चिनिएका नवनिर्वाचित केन्द्रीय सदस्य गोपाल पौडेलका थापाबाहेकका अन्य सदस्यहरु भने बैठकमा सहभागी हुनेछन्।

‘आज साढे १२ बजे बैठक बोलाइएको छ । हामी जानेछौँ,’ उनले भने ।

थापालाई बैठकमा आमन्त्रण भने गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077