Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व ब्रिटिश आर्मी हुँ भनी ३ करोड ४ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले कराडौं ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ जिल्लाको बेशीशहर नगरपालिका ६ घर भएका सन्दीप कुमार गुरुङ रहेका छन्।

उनी हाल काठमाडौंको टोखा बस्दै आएका छन्। गुरुङलाई ३ करोड ४ लाख बराबरको रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

आफू ब्रिटिश आर्मीको अवकाश प्राप्त व्यक्ति भएको र काठमाडौंको चप्पल कारखानास्थित  PUNA ACEDEMY OF HAIR & BEAUTY काे व्यवसायी भएको भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए। नवलपरासीमा जग्गा प्लानिङ्गका लागि रकम आवश्यकता रहेको विश्वास दिलाई उनले मान्छेहरुसँग पैसा लिएका थिए।

पछि गुरुङले उनीहरुलाई खातामा रकम नरहेको विभिन्न बैंकहरुका ३ करोड ४ लाख रकमको चेक दिएका थिए। पक्राउ परेका गुरुङलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। उनले अरुलाई पनि ठगेको हुन सक्ने भएकाले कोही पीडित भएमा उजुरी दिन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077