Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेलमा आगो लाग्दा ३८ कैदीको मृत्यु

एजेन्सी । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएका छन्।

बुरुण्डीका उपराष्ट्रपतिले आगलागीमा सो संख्यामा मानिसहरुको मृत्यु भएको पुष्टि गरेका छन्। बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ।

केही वरिष्ठ मन्त्रीहरुसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गरे।

विद्युत चुहावटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। आगोको ज्वाला धेरै माथि उठेको देखेपछि कैदीहरुको भागाभाग भएको प्रत्यक्षदर्शीले बताए। कतिपय कैदीहरु कुद्दाकुद्दै जलेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077