Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ट्राफिक प्रहरीको विशेष ‘अपरेसन’: मोटरसाइकल चोरी गिरोहका ७ जना पक्राउ

    ट्राफिक प्रहरीको विशेष ‘अपरेसन’: मोटरसाइकल चोरी गिरोहका ७ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी गर्नै समूहका सात जनालाई पक्राउ गरेको हो । टोलीले रौतहट चन्द्रनिगाहापुर– ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को नरकुमार पुडासैनीलाई गत वर्षका माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३प ३६६० नं को २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरिएको थियो ।



    उनीमाथिको थप अनुसन्धानका क्रममा न्यूरोडबाट जुम्ला सिञ्जा गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरिएको जनाइएको छ । यही ८ गते बत्तीसपुतलीबाट हराएको बा प ०२÷०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा प्र–०२–०२५ प १३९१ प्रयोग गरिरहेका बेला बुढा पक्राउ परेका हुन् ।



    कीर्तिपुर क्षेत्रबाट काठमाडौँका सन्तोष महर्जनसहित रौतहट घर भई सानोभर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढीमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२ को रञ्जीतप्रसाद गुप्तालाई पनि पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

    पक्राउ परेका चौधरी पटक–पटक मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेकोसमेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए । त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जीतप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकललाई ग्यारेजमा सुरक्षित राख्ने, सामान फेरबदल गर्ने गरेको पाइएको छ ।

    गुप्ता कीर्तिपुरमा रहेको रञ्जित मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहक खोज्ने र सस्तो मूल्यमा मोटरसाइकल किनबेच गर्ने मुख्य भूमिका खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

    उनीहरुले इञ्जिन तथा विभिन्न भाग काटेर टुक्रा पारेको अवस्थामा यही असोजमा ताहाचलबाट हराएको बा–प्र–०२–०१९प ९४९८ नं को मोटरसाइकलसमेत बरामद गरिएको महाशाखले जानकारी दिएको छ।

    पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार