सप्तरी । नेपाली काँग्रेस सप्तरीको क्षेत्र नम्बर ४ मा रामचन्द्र पौडेल समूहको प्यानल निर्वाचित भएको छ ।
पौडेल समूहबाट सिताराम साह क्षेत्रीया सभापतिमा निर्वाचित भएका हुन् ।
आइतबार भएको निर्वाचनको आज बिहान सार्वजनिक भएको मत परिणाम अनुसार पौडेल समूहका साह ३ सय ४ मत ल्याएर निर्वाचित हुँदा संस्थापन पक्षका किरण भगतले २ सय ५९ मत प्राप्त गरेका छन् ।
सचिवमा साह प्यानलका रमेश कुमार चौधरी र बासुदेव ठाकुर, सहसचिवमा सागरनन्द चौधरी र ललितनारायण यादव निर्वाचित भएका छन् ।
सदस्यमा रामकुमारी चौधरी, फुलमहम्द मियाँ, दुखी तत्मा, रामप्रसाद चौधरी, उर्मिला देवी यादव, संजय कुमार यादव, शर्मिला कुमारी मण्डल, सेवा दास, मनोज कुमार चौधरी र भौसाई मियाँ निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनय कर्णले जानकारी दिए ।
महाधिवेसन प्रतिनिधिमा साह समूहकै २५ जना निर्वाचित भएका छन् । यसअघि सप्तरीको क्षेत्र नम्बर १, २ र ३ मा संस्थापन पक्षका उम्मेदबार निर्वाचित भएका छन् ।
Leave a Reply