Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा ६ घण्टा बसेर के-के सम्झौता गरे पुटिनले ?

एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर भएको भारतले जनाएको छ ।

भारतले यो भ्रमण ‘छोटो तर महत्वपूर्ण’ भएको बताएको छ ।

रुसी राष्ट्रपति पुटिनले सोमबार भारत भ्रमण गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । यो भ्रमणमा उनी भारतमा मात्र ६ घण्टा बसे ।

परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्लाले राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच भएको कुराकानीको जानकारी दिए।

परराष्ट्र सचिव श्रृङ्लाले भने, ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो तर निकै महत्वपूर्ण र सम्बन्धलाई मजबुत बनाएको छ । यस क्रममा धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो ।'

उनले दुई देशका नेताबीच राम्रो छलफल भएको र त्यसमा द्विपक्षीय व्यापार र लगानीजस्ता विषयले विशेष स्थान पाएको बताए ।

भ्रमणको महत्व बताउँदै उनले भने, 'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो वार्षिक सम्मेलनमा भाग लिने निर्णयले उनले द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको व्यक्तिगत सम्बन्धलाई कत्तिको महत्त्व दिन्छन् भन्ने देखाउँछ।'

उनले भने, 'प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई विशेष गरी कोभिडको समयमा रूसमा बस्ने भारतीय समुदायको हेरचाह गरेकोमा धन्यवाद दिए।'

श्रृङ्लाले भारतले रुसको तेल र ग्यासलगायत पेट्रोकेमिकल क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

https://twitter.com/ANI/status/1467878012716662787?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1467878012716662787%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Flive%2Finternational-59544089

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077