Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृह मन्त्रालयका प्रवक्ता फेरिए, कोइरालाले पाए जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार कोइरालालाई दिइएको छ। सोमबार मन्त्रालय अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख कोइरालालाई प्रवक्ताको जिम्मा दिइएको हो।

हालका प्रवक्ता फणीन्द्रमणि पोखरेल कर्मचारी प्रशासन महाशाखामा सरुवा भएको छ। सामान्यतः सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने यसअघिको अभ्यास थियो।

सोही अनुसार पोखरेलले शान्तिसुरक्षा महाशाखासहित प्रवक्ताको जिम्मा पाएका थिए। उनी गत साउनबाट उक्त जिम्मेवारीमा थिए। तर पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा सरुवा भएर आएका मुकुन्दप्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मा दिएर पोखरेललाई कर्मचारी प्रशासनमा सरुवा गरिएको थियो।

नवनियुक्त प्रवक्ता कोइरालाले सोमबारबाटै प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077