Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाका लागि प्रस्तावित राजदूत खत्रीले भने- एमसीसी लिने कि नलिने प्रष्ट हुनुपर्छ

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीहरुले भ्रम फैलाएको आरोप लगाएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा खत्रीले एमसीसी लिने वा नलिने भए प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिए। 'एमसीसीको विवादमा अल्झिएको देखिन्छ, यो लिने हो भने प्रष्ट भने हुन्छ । नलिने भए पनि अमेरिकालाई प्रष्ट भने हुन्छ', उनले भने ।

एमसीसी नेपालका र अमेरिकी अधिकारीका कारण विवादमा परेको उनको भनाइ थियो । एमसीसी संसद्‍बाट पारित गर्नुपर्ने कुरा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको प्रस्तावमा भएको उनले बताए।

गत ११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि  खत्रीलाई राजदूत सिफारिस गरेको थियो।

संसदीय सुनुवाइले अनुमाेदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077