Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस प्रदेश १: शेखर र सुजाता आफैंले उठाएर यसरी लडाईदिए गुरुराजलाई

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा संस्थानइतर पक्षका चार नेताहरुले मतदान गरेनन् ।

काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेका हुन् । जसका कारण संस्थापन इतर पक्षका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे पराजित हुन पुगे ।

आफू पक्षीय चार नेताले मत नहालिँदा ८४२ मत पाएका घिमिरेलाई २ मत अपुग भयो । निर्वाचनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा बाजी मारे ।

घिमिरेको पराजयसँगै सामाजिक संजालहरुमा ठूलो बहस भइरहेको छ। कतिपयले भने कोइरालाद्वय शेखर र सुजाताले नै घिमिरेलाई सभापतिमा उम्मेदवारी दिन लगाएको बताएका छन्।

कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ । तर काँग्रेस निर्वाचन समितिले मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न नरोक्न बताएको थियो ।

काँग्रेसको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेशमा चुनाव लडेकाले मात्र केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077