Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सर्वोच्चको समस्या संवादबाटै समाधान गर्नुपर्छ: माधव नेपाल

    सर्वोच्चको समस्या संवादबाटै समाधान गर्नुपर्छ: माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन्।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।



    अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो मानसिकता खराब रहेको बताए।



    उनले अरु निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार