Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • २४ बर्षिया डाक्टर अलविरा कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा बिजयी

    २४ बर्षिया डाक्टर अलविरा कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा बिजयी

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.5K
    SHARES

    रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा डाक्टर अलविरा खान बिजयी भएकी छन्।

    शनिबार भएको निर्वाचनमा खानले प्रतिस्पर्धीभन्दा २९२ मत बढी प्राप्त गरी बिजयी भएकी हुन।



    सोमबार प्राप्त मत परिणामअनुसार खानले ८८१ मत प्राप्त गरेकी गर्दा उनकी प्रतिस्पर्धी जन्नतुल धुनियाले ५८९ मत पाएकी थिइन्।



    यसअघि खान कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’ बाट सर्वसम्मत रूपमा प्रतिनिधिमा चुनिएकी थिइन।

    जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १ कृष्णनगरकी स्थायी बासिन्दा खानले लुम्बिनी प्रदेश समिति सदस्यमा संस्थापनइतर समूहबाट मुस्लिम समुदायबाट उम्मेदवारी दिएकी थिइन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार