Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नागाल्याण्ड हिंसा: सुरक्षा बलहरूविरुद्ध एफआईआर, सरकारद्वारा पाँच सदस्यीय छानबिन समिति गठन

    नागाल्याण्ड हिंसा: सुरक्षा बलहरूविरुद्ध एफआईआर, सरकारद्वारा पाँच सदस्यीय छानबिन समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । नागाल्याण्डमा सुरक्षा बलको कारबाहीमा धेरै सर्वसाधारणको हत्याको बारेमा मोन जिल्लाको तिजित पुलिस स्टेशनमा 21 औं प्यारा मिलिटरी फोर्स विरुद्ध एफआईआर दर्ता गरिएको छ।

    एफआईआरमा भनिएको छ, ‘डिसेम्बर ४ मा कोइला खानीमा काम गर्ने मजदुरहरू कारमा तिरुबाट आफ्नो गाउँ ओटिङ फर्किरहेका थिए । तिरु र ओटिङ गाउँको बीचमा रहेको लङखाओमा पुगेपछि सुरक्षाकर्मीले बिना कुनै उत्तेजित गाडीमा गोली चलाउँदा ओटिङ गाउँका कैयौंको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए ।



    घटनाका बेला न प्रहरी गाइड नै थिए न त प्रहरीसँग माग नै थियो । सुरक्षा बलको यो कारबाहीमा प्रहरी गाईड उपलब्ध गराउने स्टेसनले सुरक्षा बलको नियत सर्वसाधारणलाई मार्ने र घाइते बनाउने नै थियो भन्ने स्पष्ट हुन्छ ।’



    नागाल्याण्डको मोन जिल्लाको तिरु क्षेत्रमा शनिबार राति सुरक्षा बलको कारबाहीमा कम्तीमा १३ जनाको मृत्यु भएको थियो । यो क्षेत्र म्यानमारको सिमाना नजिक छ।

    घटनाबारे छानबिन गर्न प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरी एक महिनाको समय दिएको जनाइएको छ।

    घटना के हो ?

    भारतीय संचारमाध्यमहरुका अनुसार उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।

    मिडिया रिपोर्टका अनुसार गोप्य सूचनाका आधारमा उग्रवादी संगठनविरुद्ध कारबाहीका लागि सुरक्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बुसमा बसेका थिए । तर उनीहरूले गाउँलेलाई विद्रोही सम्झेर गोली बर्साए ।

    गोप्य सूचनामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आएका थिए । गाडीको रंग एउटै पाएपछि सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोलाबारी सुरु गरेको समाचारमा उल्लेख छ।

    भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए । रातिसम्म घर नपुगेपछि गाउँलेहरूले उनीहरूको खोजी सुरु गरेका थिए । घटनाबारे थाहा पाएपछि आक्रोशित बनेका गाउँलेले सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका थिए ।

    नागाल्याण्डका मुख्यमन्त्री नीफियू रियोले यस घटनालाई निन्दनीय बताएका छन् । उनले उनले यसबारे उच्चस्तरीय जाँच गरिने बताएका छन् । उनीले सबैलाई न्याय दिलाउने वाचा गर्दै शान्ति कायम गर्न अपिल गरेका छन् ।


    त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्वीट गर्दै घटनालाई दुर्भाग्यपूर्ण बताउँदै आफू यसबाट आफू दुखी भएको बताएका छन् । उनले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै न्याय दिलाउने बताएका छन् । बीबीसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार