एजेन्सी । म्यानमारमा पाँच प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सो घटनामा दर्जनौं प्रदर्शकारीहरु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको मृत्यु भएको हो। सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गोली प्रहार गरेको थियो।
फेब्रुवरीमा सेनाको कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाई जेल हालिएको छ। पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन्।
Leave a Reply