तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पक्राउ परेकाक गुरुङ मृतकका छिमेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।