Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रोजगारीका लागि कतार पुगेका ओमको आफ्नै साथीले गरे कोठामै हत्या

    रोजगारीका लागि कतार पुगेका ओमको आफ्नै साथीले गरे कोठामै हत्या

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 2.6K
    SHARES

    रोल्पा । वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको आफ्नै साथीले हत्या गरेका छन्।

    विसं २०७७ फागुन १७ मा श्रम स्वीकृति लिई कतारको दोहास्थित ताडमुर रुफ्स एन्ड पुल्स डब्लु एल एल भन्ने कम्पनीमा काम गर्न पुगेका रोप्ला लुंग्री गाउँपालिका–५का ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते आफ्नै कोठामा बस्ने साथीले हत्या गरेका हुन्।



    मृतककी श्रीमतीका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दै आएका गोपाल घर्ती क्षेत्रीले श्रीमान ओमबहादुरको हत्या गरेका हुन् ।



    ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कविहीन भएको र त्यसै दिन हत्या गरिएको हो । घटनाबारे थप जानकारी पाउन र दोषीमाथि कारवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उजुरीसमेत दिएकी छन् ।

    नवीनाले श्रीमानको क्षेत्रीसँग सामान्य विवाद भएको र केहीदिन अघिदेखि नै भान्सा अलग गरेको उल्लेख गरेकी छिन्। ‘पहिले श्रीमानसँग साथै बसेको र पछि विवाद भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ नविनाले निवेदनमा उल्लेख गरेकी छिन्  ‘कात्तिक २९ गते सोही व्यक्तिबाट चक्कु प्रहार गरी हत्या भएको जानकारी आयो ।’

    हत्याको आरोप लागेका क्षेत्रीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिइसकेर अनुसन्धान गरिरहेको नविनाको भनाइ छ । गोपालले ओमबहादुरको हत्या गरेको स्वीकारसमेत गरिसकेको नवीनाले बताएकी छिन् ।

    ओमबहादुरकी पत्नी नवीनाले कन्सुलर विभागलाई पत्र लेख्दै मृतकको शव नेपाल ल्याइदिन र दोषीमाथि कारवाही गर्न माग गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार