काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले प्रतिनिधिसभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।
दोस्रोपटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले पदबहालीका क्रममा आह्वान गरिएको संसद अधिवेशनमा पार्टीबाट निष्काशन गरिएका माधव नेपाल समूहका सांसदहरु उपस्थित भए संसद अवरुद्ध गर्ने बताएका बेला नेता रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका हुन्।
तर सरकारले काम गर्नेगरी अवरुद्ध गरेको कुनै औचित्य नहुने उनले उल्लेख गरेका छन् । यो म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भनेझैं भएको रावलको भनाइ छ ।
'संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै काम कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन' उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ ।'