Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामाजिक सञ्जालमा कमल थापाको रोदन- यसपाली त मनै फाट्यो केले सिउने, केले टाल्ने हो ?

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले आफ्नो मान्यतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको टिप्पणी गरेका छन् ।

आइतबार राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएपछि अध्यक्ष थापाले आफ्नो अन्तर्मनभित्रको गम्भीर प्रश्न खडा भएको टिप्पणी गरे।

सामाजिक सञ्जालमार्फत् थापाले कवि राजेन्द्र थापाको एक कविता स्मरण गर्दै 'यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ? भन्दै उल्लेख गरेका छन्।

उनले लेखेका छन्, 'मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो
'पोहोर साल खुशी फाट्दा,
जतन गरि मनले टाले,
त्यहि साल माया फाट्यो,
त्यसलाई पनि मनले टाले,
यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077