Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस सुदूरपश्चिम सभापतिमा देउवा पक्षका बलायरको जित सुनिश्चित

    कांग्रेस सुदूरपश्चिम सभापतिमा देउवा पक्षका बलायरको जित सुनिश्चित

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 861
    SHARES

    फाइल फोटो

    कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जित सुनिश्चित भएको छ ।

    निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७ मत गणना गर्न बाँकी रहदा बलायर ३७९ मत अन्तरसहित अगाडी रहेका छन् ।



    हालसम्म ९१० मत गणना हुँदा संस्थापन पक्षका बलायरले ६ सय ३९ मत पाएका छन् भने, इतर पक्षका नारायणदत्त मिश्रले २५० मत पाएका छन् ।



    यस्तै, उपसभापतिमामा जनकराज चौधरीले ४८६, लोकराज अवस्थीले ४२७, गोपाल सिंह गुरुङले २२९, मानबहादुर रावलले २१८ तथा हिमबहादुर रावलले ९२ मत ल्याएका छन्।

    महामन्त्री पदमा मेघराज खड्काले ५१९ मत ल्याउँदा नरनारायण शाह मनुले ५११ मत ल्याएका छन्। रामबहादुर शाहीको २५६ तथा प्रताप गुर्धामीको १७८ मत रहेको छ।

    यसैगरी सहमहामन्त्रीतर्फ भने गोपालदत्त भट्टले ४२९, चिन्तामणि भट्टले ४२९, पदमराज पन्तले २०६, नरेन्द्रप्रसाद भट्टले १७९, लक्ष्मणबहादुर शाहीले १२३ तथा हर्कबहादुर स्वाँरले ५८ मत मात्र ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार