काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले १५३० भोट ल्याउँदै जित हासिल गरेकी हुन् ।
यसअघि पार्टीको कुनै कमिटीमा नरहेकी प्रतिष्ठा एकैपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी कमल थापाकी कान्छी छोरी हुन् ।
त्यस्तै , कमल थापाका भाइ तथा नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापा राप्रपा केन्द्रीय सदस्यमा विजयी भएका छन् । खुल्लातर्फ उम्मेदवारी दिएका उनले १३३२ मत ल्याउँदै जित हासिल गरेका हुन् ।
गणेश थापाका कान्छा छोरा अभिषेक थापा पनि केन्द्रीय सदस्य विजयी भएका छन् । अभिषेकले १३२७ भोट ल्याएका छन् ।