Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी नतिजाको समीक्षा गर्न थापा पक्षको भेला ‘याक एण्ड यति’मा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कमल थापा पक्षको भेला होटल याक एण्ड यतिमा शुरु भएको छ। चुनावी परिणामको समिक्षा गर्न थापा समूहका नेताहरु दरवारमार्गस्थित होटलमा जम्मा भएका हुन्।

‘महाधिवेशनको समिक्षा गर्नका लागि याक एन्ड यतिमा सबै नेताहरु भेला हुनु भएको छ, ’ थापा पक्षका एक नेताले भने। राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका थिए। उनले थापालाई ११९ मतले हराए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077