Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा महामन्त्रीमा राणा विजयी

काठमाडौं । राप्रपा महामन्त्री धवलशम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार राणा महामन्त्री पदमा विजयी भएका हुन् ।

राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । राप्रपाको पहिलो एकता महाधिवेशनमा लिङ्देन र राणाले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए ।

महिलातर्फको महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छिन्। शाहीले रेखा थापालाई पराजित गरेकी हुन् । शाही कमल थापा समूहकी उम्मेदवार हुन् । अध्यक्षमा यसअघि नै लिङ्देन विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077