काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई हराउँदै लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।
आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई ११९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । र लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएको राप्रपा नेता मोहन श्रेष्ठले जानकाकरी दिए ।
त्यस्तै ४३१ मत बदर भएको श्रेष्ठले बताए । निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।