काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।
पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्।
लिङ्देनले १३७१ मत ल्याउँदा कमल थापाले १२६४ मत प्राप्त गरेका छन्। हालसम्म २९०० मत गणना भएको बताइएको छ।
राप्रपामा कूल मतदाता ४४६९ रहेका छन्। मतगणनामा सुरूदेखि अहिलेसम्म लिङ्देनकै अग्रता छ।