Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वलीको हत्या गरेका विक्कीसहित ४ जनालाई जन्मकैद

दाङ । जिल्ला अदालत दाङले युवकको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ। दुई वर्षअघि भएको हत्यामा दोषी ठहर भएका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैद दिइएको हो।

सजाय पाउनेमा ठकुरीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसी रहेका छन्। उनीहरुले २ वर्षअघि तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको हत्या गरेका थिए। े

२०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समूहले खुकुरी प्रहार गरी वलीको हत्या गरेको थियो। सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम् मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ।

अभियुक्त ठकुरीले यसअघि २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका थिए। यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधार गृह पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077