Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा दिनदिनै भेटिन थाले ओमिक्रोन संक्रमित, आज पनि एक जनामा पुष्टि

    भारतमा दिनदिनै भेटिन थाले ओमिक्रोन संक्रमित, आज पनि एक जनामा पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भेटिएका छन् ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार गुजराजको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्। संक्रमित व्यक्ति दुई दिनअघि जिम्बाब्वेबाट भारत आएका थिए।



    विमानस्थलमै भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका उनको जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।



    यसअघि कर्नाटक प्रदेशमा दुई जनामा ओमिक्रोन देखिएको थियो। भारतमा ओमिक्रोनको त्रास बढेसँगै खुल्ला सिमाना रहेको नेपालमा पनि त्यसको असर देखा पर्न थालिसकेको छ । –एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार