Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बल्लतल्ल हारबाट जोगिएको मनाङले संकटासँग अंक बाँड्यो

    बल्लतल्ल हारबाट जोगिएको मनाङले संकटासँग अंक बाँड्यो

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा र मनाङ मर्स्याङ्दी क्लबले अंक बाँडेका छन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङ र संकटले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

    खेलमा दुई पटक अग्रता बनाएको संकटाले जीत निकाल्न भने सकेन । मनाङका लागि इन्जुरी टाइमको चौथो मिनेटमा फ्रांकलिन क्वेटे टालाले बराबरी गोल गरेका हुन् । ्



    खेलमा संकटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गरे । खेलको ३१ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडर गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, चार मिनेटपछि नै मनाङले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले आफिजले मिलाएको पासमा दयानन्दले गोल गरे ।



    दोसो हाफमा संकटाले मनाङमाथि दोस्रो पटक अग्रता लियो । ७०औं मिनेटमा उत्तम राईले फोडे फोफानाको पासमा गोल गर्दै संकटालाई अग्रता दिलाए । तर, ईन्जुरी टाईममा विदेशी खेलाडी टालाले गोल गर्दै मनाङलाई हारबाट जोगाए ।

    बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा छ । संकटा समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार