काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका छन्।
अध्यक्ष राणाले राप्रपाको जारी अधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका हुन् ।
उनले आफूले लिङ्देनको पक्षमा अपिल नगरेको प्रस्ट पारेका छन्।
‘कुनै कूतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर कीर्ते पोस्ट गर्या देखेँ। यो सरासर झुट कुरा हो,’ राणाले ट्विटरमा लेखेका छन्, ‘यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रस्ट पार्न चाहन्छु।’
राणाले आफु काँचो नेतृत्वको पक्षमा नरहेको जानकारी गराएसँगै उनले कमल थापालाई सहयोग गरेको स्पस्ट भएको छ । राप्रपामा अध्यक्षको चुनाबी दौडाहामा कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा भइरहेको छ।