काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको अवकाशपछि आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल सुटुक्क भारत छिरेका छन् ।
प्रहरी स्रोतका अनुसार एआईजी पोखरेल बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै भारततर्फ लागेका हुन् । उनी झापाबाट सिलगुडी बागडुरा विमास्थलमार्फत भारततर्फ लागेको स्रोतले जनाएको छ।
एआईजीको भारत भ्रमणलाई शंकाको दृष्टिकोणले हेरिएको छ । एआईजी पोखरेल एक साताका लागि बिदामा बसेको स्रोतको भनाइ छ।
भावी आईजीपीका लागि पोखरेल र एआईजी सहकुल थापाबीच प्रतिस्पर्धामा भइरहेको छ ।
Leave a Reply