Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमतीमा भागबण्डा मिलाउन मन्त्रालय विभाजन: ८ बाट १४ वटा पुर्याइयो

हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयहरुको संख्या ८ वटाबाट बढाएर १४ वटा पुर्याएको छ ।

स्रोतका अनुसार सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई भाग पुर्याउन यसअघि कायम ८ मन्त्रालयलाई फुटाएर १४ पुर्याइएको हो ।

मन्त्रालय विभाजनसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । राजपत्रको सूचना अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय बनेका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका छन् । प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस र जनता समाजवादी पार्टी सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077