Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोग पत्र दायर, ५ अर्ब ६७ करोडभन्दा बढी बिगो दाबी

    इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोग पत्र दायर, ५ अर्ब ६७ करोडभन्दा बढी बिगो दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौं । ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध २८४ पृष्ठ लामो अभियोग पत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङ विरुद्ध मुद्दा दायर गरेको हो ।



    सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङ बाट निक्षेपकर्ताहरुलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ ।



    ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो । उता ठगी प्रकरणमा पक्राउ परेका तामाङले करीब १२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी बयानमा स्वीकार गरेका छन् ।

    करीब २ हजार १ सय जनाजति संस्थाका सदस्य वचतकर्ता रहेको उनले बताए । उक्त संस्थाका वचतकर्ता सदस्यहरूलाई करीब ७ अर्ब जति रकम फिर्ता गर्नुपर्ने रहेको उनले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार