Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेखा थापाले गणतन्त्र भन्दा कमल थापाले भने- हाहाहा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेकी नायिका रेखा थापाको एक भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ।

नायिका थापाको उक्त भिडियोलाई राप्रपाकै अध्यक्ष कमल थापाले शेयर गर्दै त्यसलाई हाँसोमा उडाइ दिएका छन् । किनकी राप्रपा राजतन्त्रवादी पार्टी हो, तर नायिका थापाले आफू राजतन्त्रको पक्षधर पार्टीमा लागेर पनि गणतन्त्र रोजेको भन्दै अध्यक्ष थापाले मजाक गरेको बुझिएको छ।

उक्त भिडियोमा नायिका थापालाई पत्रकारले राजतन्त्र कि प्रजातन्त्र भनेर सोध्दा उनले गणतन्त्र रोजेकी छिन्।

जारी महाधिवेशनमा नायिका थापा अध्यक्षका प्रत्यासी राजेन्द्र लिंग्देनको पक्षबाट उठेकी छिन् भने कमल थापा विपक्षमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077