Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै आज बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077