Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • फेसबुकमा ‘बेन्जामिन फ्रेंकलिन’को नाममा करोडौं ठगी, गिरोहका २ जना महाशाखाको फन्दामा

    फेसबुकमा ‘बेन्जामिन फ्रेंकलिन’को नाममा करोडौं ठगी, गिरोहका २ जना महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले करोडौं रकम ठगी गर्ने गिरोहका २ जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ ताहचलका २८ बर्षीय रोशन भुजेल र पोखराका ४४ बर्षीय राजेन्द्र भण्डारी रहेका छन्।

    महाशाखाका अनुसार उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितलाई आफू डा. बेन्जामिन फ्रेंकलिन भनेर चिनाउने र आफू प्लाष्टिक सर्जन डाक्टर भएको भन्ने गरेका थिए।



    उनीहरुले आफू एक हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफुसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दु:ख पिडाको कुरा गरी रकम पठाई सहयोग गर्नु पर्यो, म बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनी प्रलोभन देखाई भण्डारी र भुजेलको बैंक खातामा पैसा हाल्न लगाएका थिए ।



    महाशाखाका अनुसार भण्डारीको नामको गरिमा बिकाश बैकको खातामा रु ७८ लाख र रोशन भुजेलको नामको नबिल बैकको खातामा  ९, लाख पचास हजार समेत गरी करिब १ करोड बराबरको रकम पिडितलाई पठाउन लगाई ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

    उनीहरुलाईठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार