Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

एजेन्सी । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077