Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सिंहदरबारभित्र गोली चलेको घटना: राष्ट्रियसभा उपाध्यक्षकी पीएसओलाई हेडक्वाटर तानियो

    सिंहदरबारभित्र गोली चलेको घटना: राष्ट्रियसभा उपाध्यक्षकी पीएसओलाई हेडक्वाटर तानियो

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिंहदरबारभित्र गोली चलेको घटनामा प्रहरी सहायक निरीक्षक (असई) अनुपमा भारतीलाई कारबाही गरेको छ ।

    गत कार्तिक १० गते सिंहदरबारभित्र राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) भारतीले बोकेको पेस्तोलबाट अकस्मात गोली चलेको थियो।



    सिंहदरबारभित्र गोली चल्यो अर्को पनि पढ्नैपर्ने

    प्रहरी प्रधान कार्यालयले असई भारतीको लापरबाहीका कारण सिंहदरबारभित्र दिउँसै गोली चलेको निष्कर्ष निकाल्दै उनीमाथि कारबाही गरेको जनाएको छ।



    स्रोतका अनुसार असई भारतीलाई अभिलेखमा गणना हुने गरी नसियत दिइएको छ ।

    उनलाई पीएसओको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयमा तानिएको स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार